४७११ पटक हेरिएको
विराटनगर । भारतले चामल निर्यातमा रोक लगाए संगै सिमावर्ती क्षेत्रमा तस्करी बढेको छ । चोरी तस्करी नियन्त्रण गर्न सिमामा खटिएका सशस्त्रका लाईनमा भारत सरकारले निर्यातमा रोक लगाएको चामल सहित लताकपडा र खाद्यान्यको तस्करी हुने गरेको पाईएको हो । घरको लागि ल्याउने समान समाप्ने र भन्सारमा बुझाउने सशस्त्रले भने तस्कर र ब्यापारी सगको मिलोमतोमा तस्करी मौलाएको स्थानीयहरुले बताएका छन् । स्थानीय मो खातुन घरको समान ल्याउदा खोस्ने र फिर्ता पठाउने सशस्त्रले केहि समिति व्यापारीको प्रलोभनमा परेर तस्करी गर्न सहयोग गर्ने गरेको बताईन् ।
चामल भने मटेर्वा हुदै मोटरसाईकलमा राखेर तस्करी हुने गरेको हो । एक दर्जन भन्दा मोटरसाईकलमा २ बोरा सम्म चामल सशस्त्रको अगाडी वाटै तस्करी हुने गरेको हो । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले केहि दिन अघि एक सूचना जारी गर्दै चामल र्यिातमा रोक लगाएको थियो । जोगवनी नाका सहित आसपासका अन्य नाका हुदै भारत वाट लाईन मिलाएर महिला , बालबालिकाले साइकल र झोलामा हालेर नेपाल भित्राउने गरेको पाइएको हो ।
तस्करहरुले डियुटीमा खटिएका शशस्त्र र जनपथ प्रहरीलाई जनही रु एक सय तिर्नु पर्ने तोकिएको छ भने हबलदार भेटिए रु ५ सय तीर्नु पर्ने नीति समेत बनाएको छ ।खुल्ला सिमाका कारण समान किनेर भारतीय सिमावर्ती क्षेत्रको भारतीय बासिन्दाको घरमा समान जम्मा गर्ने गरिन्छ । नेपाल र भारत सिमानाक्ष्ँेत्रको मर्टेवा , प्रमख डाट ननिकै भारतीय क्षेत्रमा समान जम्मा गरेर बेलुका समान शशस्त्र प्रहरी संग सवन्वय गरेर नेपाल ल्याउने गरेको स्थानीय विवेक यादवले बताए । शशस्त्र प्रहरीले नै भारतीय सिमाको सुरक्षामा खटिएका एसएसविलाई समेत सवन्वय गराउने गरेको बताइएको छ । उनीहरु भारतवाट नेपाल ल्याउने समानमा अवरुद्ध नपु¥याउन एसएसविलाई मिलाई दिने गरेको पाइएको छ ।
शशस्त्र प्रहरी प्रमुखलाई मासिक ३ हजार बुझाउनु पर्ने छ । तर दैनिक रुपमा समान ल्याए वापत रकम संकल्गन गरेर समेत बुझाउनु पर्ने निति रहेको बताइएको छ । दैनिक तीन हजार तस्करहरुले आपसमा सकल्न गरेर बुझाउनु पर्ने हुन्छ । इस्लाम आलमले एक जनाले दिनमा २० देखी ३० हजारको कपडा र खाद्यान्य ल्याउने गरेको बताए । शशस्त्रले नै जान दिने गरेकाले मौन छौ उनले भने –‘ विरोध गरेर शशस्त्रले तनाव दिन्छ । सिमामा घर भएकाले रोक्न नसकेको उनले बताए । विहान ४ बजे देखि नै सादा पोसाकमा खटिएर पैसा लिदै समान सहजरुपमा नेपाल भित्रियाउन सहयोग गर्ने गरेको स्थानीयहरुले बताएका छन् ।
त्यस्तै सुनसरीको भारतिय सिमावती टोल श्रीपुरजब्दीको बनेलनीपट्टि र बेला नाकाबाट नेपाल तर्फ दैनिक लाखौ“ मूल्य बराबरको रजनीगन्धा तुलसी र पान मसला लागयतका अन्य सरसमानहरु राजस्व छली भित्राउने गरेको स्थानीयहरुले बताएका छन् । अबैध रुपमा राजस्व छलेर रजनीगन्धा लागयतका पान मसलाहरु सिमा वारपार , व्यपारा गर्ने तस्करहरुबाट नेपाल भित्रिने उक्त समानहरु भारतीय सिमा सुरक्षा बल र सिमा सुरक्षाका लागि शशस्त्र प्रहरी बलको मिलोमतोमा तस्करी गरि ल्याएकोसमाग्रीहरु सहजै रुपमा पूर्वको बजारमा पुग्ने गरेको सिमा क्षेत्रका स्थानीय बासीहरु बताउ“छन् । स्थानीयले शशस्त्रको मिलोमतोमा खुलेआम रुपमा हुने गरेको तस्करीले बस्तीनै बदनाम हुने गरेको बताए ।उनले दैनिक साइकल र मोटरसाईकलमा बोरामा हालेर तीनको ३ पटक एक जनाले समान भारत वाट ल्याउने गरेको नसिर मियाले बताए ।
स्थानीय वासीहरुले नुन तेल ,चिनी, एक दुई केजी चामल लगायत अन्य दैनिक उपभोग्य खाद्यान्न वस्तु बनेलीपट्टिबाट श्रीपुर तर्फ ल्याउ“दा एसएसविले अपशब्द प्रयोग गर्दै दुरव्यहार र कुटपिट गर्दै पठाउँछन् भने नेपालको शसस्त्रले खानतलासी गर्दै दुख दिनुको साथै विवाह लागायतका सास्कृतिक पर्वमा अलि बढि समान घरायसी प्रयोजनका लागि ल्याउ“दा तस्करीको समान भन्दै बरामद गरी भन्सार बुझाउने नाममा लुटेर लाने गरेको आरोप मिया लगाउ“छन् ।