४१४६ पटक हेरिएको
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओली र पुष्पकमल दाहालले देश बनाउने अवसर खेर फालेको टिप्पणी गरेका छन् ।
०७४ को निर्वाचनको बेलामा ओली र प्रचण्डलाई सँगै राखेर आफूले देश बनाउने अवसर छ भनेर सम्झाएको स्मरण गराउँदै उनले भने,‘०७४ सालमा जुन दिन प्रचण्डको छोरो खस्नुभयो, त्यो दिन प्रचण्ड र ओली मेरो घरमा हुनुहुन्थ्यो, मैले त्यतिवेला एउटै मञ्चमा राखेर तपाईंहरु लि क्वान बन्नुहोस, महाथिर बन्नुहोस भनेको थिएँ । तपाईँहरु दुई जनालाई यो मौका आएको छ, तपाईंहरु मर्दाखेरि तपाईंहरुका फोटा मान्छेहरुले मूल ढोकामा राखेर पूजा गरुन्, यो कुरा मैले भनेको थिएँ ।
आज यिनीहरु मरे भनेनि यी नेपाली जनताले खसी काटेर खान्छन् । दुर्गा प्रसाईं एउटा सत्यवादी मान्छे हो । म तपाईंहरुलाई ढाँट्न र झुक्याउन आएको होईन । म भोट माग्न आउँदिनँ । पहिला नेपाल बलियो हुनुपर्छ । आफ्नो खुट्टा बलियो हुनुपर्दछ । यो देश तस्करहरुले सिध्याएका छन् ।’
उनले दुर्र्गा प्रसाईं भन्ने व्यक्तिमात्रै नभएर विचार भएको उल्लेख गर्दै अब नसकिने जिकिर गरे । उनले अहिले सोसल मिडियाको जमाना रहेको भन्दै आफूहरुको अभियान र आवाज लाखौं मान्छेले हेरेको र सुनेको स्पष्ट पारे । उनले सोसल मिडियामा आफूहरुले ९५ प्रतिशतले जितिसकेको जिकिर गरे । उनले अब एमाले पार्टी सक्किएको पनि घोषणा गरे । आफूहरुको जनविद्रोहले अब नेताहरुलाई प्रतिबन्ध लगाउने उनको ठोकुवा छ । उनले सुन आउने मुख नै केपी ओलीले व्यवसायी दीपक मल्होत्रालाई दिएको गम्भीर आरोप लगाए ।