४७३५ पटक हेरिएको
विराटनगर । इस्कोन बिराटनगरले बैदिक केलेन्डर अनुसार भादौ २१ गते कृष्णाजन्माष्टमी मनाउने तयारी गरेको छ ।
इस्कोनको विराटरनगर स्थित सेन्टर यो बर्ष कृष्णजन्माष्टमी बिराटनगरको सिटी पार्टीमा प्यालेसमा मनाउने तयारी गरेको हो ।
कृष्णजन्माष्टमीको बिहान देखी राती सम्म बिभिन्न धार्मिक कार्यक्रमहरु गरी मनाउने तयारी गरेको जनाएको छ ।
कार्यक्रमा बिहान देखि दर्शन आरती ,गुरु पूजा ,कृष्ण कथा ,योगा ,किर्तन ,हरे कृष्ण मुबी , नाटक , सन्धया आरती र अभिसेक लगायतका कार्यक्रम तय भएको भक्त मनीषकुमार दासले जानकारी दिए ।
सो अवसरमा आयोजित कार्यक्रममा आउने भक्तजनहरुलाई बिहान देखी रातीसम्म प्रसाद वितरण गरिने छ । इस्कोन मन्दिर सेन्टरहरुले भागवत गीताको प्रचार गर्नुको साथै युवा पुस्तालाई गीताका सार अध्ययानपन गराउदै आईरहेको छ ।
भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरहरुमा घुँइचो लाग्ने गरेको छ । तर विराटनगरमा भने दक्षिण एसियाकै सवै भन्दा दोस्रो ठुलो रथ यात्र कृष्णजन्माष्टमीको भोली पलट निकाल्ने गरिन्छ । भगवान चैतन्य महाप्रभु स्वयम् कृष्ण भएकाले कलियुगमा स्वर्णयुग अवतारको रूपमा भक्ति सेवाको सिद्धान्त सिकाउनको लागि प्रकट भएको इस्कोनको मान्यता रहेको छ ।
कुनै बर्गीय र जातीयविभेद बिना सम्पूर्ण जीवात्माको हित को लागि इस्कोन द्वारा बिभिन्न सेवा गरिदै आएकाले विराटगर स्थित सेन्टरमा युवा ,युवतीको ठुलो संख्यमा सहभागीता हुदै आएको छ अन्तराष्ट्रिय कृष्णभावना मृत संघ (इस्कोन) आध्यात्मीक संस्थाको रुपमा भक्ति वेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गर्नुभएको अन्तराष्ट्रियस संस्था हो ।
यस संस्थाको मुख्य उद्धेश्य भनेको मानिसले भौतिक जगतको सामिप्यताले बिर्सेको श्री कृष्ण सँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु हो । संसारभरिका १हजार २सय ठूला तथा हजारौंको संख्यामा साना सेन्टरहरु मार्फत लाखौ भक्तहरु इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मीक चेतनाको विकास गरी कृष्ण भावनाको प्रचार गरिरहेका छन् ।