आर्थिक अभावले उपचार मा समस्या

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, आषाढ १३, २०८१

२२०९  पटक हेरिएको

रंगेली। मोरङको रंगेली नगरपालिका-४ आमतोला बस्ने १२ वर्षीय देव हस्दा विगत सात दिनदेखि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन्।

उनको खुट्टामा सामान्य चोट लागेपछि उनी रङ्गेली अस्पताल र कोशी अस्पतालमा उपचार गराएका थिए। थप उपचारका लागि कोशी अस्पतालहरूले उनलाई धरान पठाएका थिए।

देवका बुवा हस्ताले छोराको उपचारका लागि सात दिनमै १ लाख ५० हजार खर्च गरेका छन्। तर, अहिलेसम्म पनि उपचारमा सुधार नभएपछि उनले सबै देश विदेशमा बस्ने महानुभावहरूलाई आर्थिक सहयोगका लागि अपिल गरेका छन्। दैनिकी ज्याला मजदुरी गरेर परिवार पालनपोषण गर्दै आएका यो परिवार अहिले ठूलो संकटमा परेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!