१४५९ पटक हेरिएको
मोरङ। नेपाल किसान महासंघ मोरङ क्षेत्र नं २ को आयोजनामा शनिबार मोरङको दर्वेसामा धुमधामसंग २१ औं राष्ट्रिय धान दिवस मनाईएको छ । नेपाली काङ्ग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल किसान महासंघका जिल्ला र केन्द्रिय स्तरका नेताहरुका साथै काङ्ग्रेस निकट कृषकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको औपचारिक सत्रमा बोल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझिले राज्यले किसानलाई महत्त्व नदिंदा कृषक सधैं पछाडि परेको बताए । उनले किसानका समस्याहरुलाई राज्यले नजरअन्दाज गर्दै आएको आरोप समेत लगाए । किसानले आफ्ना उत्पादनहरुको आफै मूल्य निर्धारण गर्न पाउनुपर्ने माझिको भनाई थियो ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथी मोरङ काङ्ग्रेसका सचिव मोदराज घिमिरेले राज्यले कृषकलाई न्यायोचित व्यवहार गर्नुपर्ने बताए । उनले अहिले किसानले समयमै बाली उत्पादन गर्न पाउने , मलबीउ पाउने स्थिति नरहेको उल्लेख गर्दै यसतर्फ राज्यको ध्यानाकर्षण गराए । उनले काङ्ग्रेस सधैं किसानको पक्षमा रहेको समेत बताए ।
कार्यक्रममा काङ्ग्रेसका युवा नेता एवम् प्रदेश समिति सदस्य जय बहादुर तामाङ , महाधिवेशन प्रतिनिधि मञ्जु राई , महासमिति सदस्य सुमन कुँवर , रामनारायण मण्डल , काङ्ग्रेस नेता गोपालमान सिंह राजभण्डारी , यज्ञ कार्की , गोपाल सेढाई , तारानाथ प्रसाईं , सुमित्रा देवि कोईराला , नागेश्वर प्रसाद सिंह , खगेन्द्र बस्नेत , कन्हैयालाल राजवंशी , श्याम लिम्बू , विकाश शिवाकोटी , महेश्वर राजवंशी , कमल किशोर सिंह , जगन्नाथ मण्डल , टपेन्द्र भट्टराई , जीवन पनेरु लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतिथि नेपाली काङ्ग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी सहित विशिष्ट अतिथि र अतिथिहरुले सामुहिक रुपमा रोपाइँ गरेका थिए । विशिष्ट व्यक्तिहरुले रोपाइँ गरेसंगै कार्यक्रममा उपस्थित कृषकहरुले एकआपसमा हिलो छ्याप्दै रमाईलो गरेका थिए । कार्यक्रमको सभापतित्व नेपाल किसान महासंघ मोरङ क्षेत्र नं २ का सभापति डेफुराम खड्काले गरेका थिए ।