
३०३८ पटक हेरिएको

माेरङको रंगेली कानेपाेखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका २ स्थित गेउरीया पुलको निर्माण कार्य सुरु भएको १० वर्ष बितिसक्दा पनि उक्त पुल सञ्चालनमा आउन सकेको छैन। गत चैत महिनामा अख्तियार आयोग र सडक विभागको टोलीले अनुगमन गरेर काम चाँडै सक्न निर्देशन दिए तापनि निर्देशन दिएको ४ महिना बितिसक्दा पनि पुलको निर्माण कार्य भने कछुवाको गतिमा चलिरहेको छ।
हालसम्म पनि पुलको उत्तर र दक्षिण तर्फबाट माटोको काम र पुलको रेलिङको काम सुस्त गतिमा चलिरहेको छ। यस बर्षेको समयमा समेत यात्रुहरुले ज्यान जोखिममा राखेर आवतजावत गर्ने बाध्य हुने स्थानीय पुन्य प्रसाद रिमालले बताए। सो क्षेत्रबाट दुईपटक समेत निर्वाचित भएर ऋषिकेश पोखरेल केन्द्र सम्मको सांसद बने तर हाम्रो गाउँको पुल बनाउन कुनै सरकारबाट कुनै पहल नभएको र सम्बन्धित निकायले समेत ध्यान नदिएको आरोप समेत लगाएका छन्।
उक्त पुलको निर्माणकार्य २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेभीले ठेक्का पाएको थियो। १५ मिटर लम्बाईको पुल निर्माणका लागि १ करोड १८ लाख रुपैयाँमा ठेक्का पाएको थियो। १० वर्ष बितिसक्दा पनि १५ मिटर लम्बाईको पुल बनाउन नसक्ने सरकारले देश कसरी बनाउँछन् भन्दै स्थानीय आक्रोशित भएका छन्।
ठेकेदारको लापरबाहीका कारण समय अवधिमा निर्माण कार्य सम्पन्न नगर्ने ठूला कम्पनीलाई किन सडक विभागका प्रमुखहरुको ध्यानआकर्षण नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। दैनिकी उक्त सडकबाट सयौं सवारीसाधनहरु आवतजावत गर्ने भएका ले अब चाहिँ पुल चाँडै बन्छ कि भन्दै स्थानीयहरुले उक्त पुल हेर्दे बस्दै गर्ने र वाध्य छन्। उक्त स्थानबाट नौ वर्षको अवधिमा पाँच जनाभन्दा बढीले ज्यान गुमाउनु परेको थियो। सयौं जना घाइते समेत भएका स्थानीयले बताएका छन्।