मोरङ उद्योग व्यापार संघमा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, आषाढ १८, २०८१

१२९१  पटक हेरिएको

मोरङ ।मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त आयोजनामा आज नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीमप्रसाद ढकाललाई स्वागत गरी सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघका कार्यवाहक अध्यक्ष श्री अनिल कुमार साह र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष श्री पवन कुमार सारडाले संयुक्त रुपमा प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक श्री भीम बहादुर दाहाललाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्री नवराज कार्की लगायत प्रहरी निकायका उच्चपदस्थ अधिकृतज्यूहरु, संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष श्री राकेश सुराना, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष श्री प्रकाश मून्दडा लगायत विभिन्न संघरसंस्थाका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला र युवा उद्यम समितिका संयोजकज्यूहरु र सदस्यज्यूहरु, उद्योगी व्यवसायीज्यूहरु र संचारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ढकालले उद्योगी व्यवसायीहरुको सुरक्षाका लागि प्रहरीले गरेका प्रयासहरु र आगामी योजनाहरुबारे जानकारी गराउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुले आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने र कुनै पनि शंकास्पद गतिविधि देखेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।

मोरङ उद्योग व्यापार संघका कार्यवाहक अध्यक्ष साहले उद्योगी व्यवसायीहरुको सुरक्षाका लागि प्रहरीले गरेका सहयोगको प्रंशसा गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरु र प्रहरीबीचको समन्वय थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमको अन्त्यमा उद्योगी व्यवसायीहरुले प्रहरी अतिरिक्त महानिरीक्षक ढकाललाई विभिन्न प्रश्नहरु सोधेका थिए । यो कार्यक्रमबाट उद्योगी व्यवसायीहरु र प्रहरीबीचको सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!