महिला उद्यमीहरुलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्य: मोरङमा वित्तीय साक्षरता कार्यक्रम

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आषाढ १९, २०८१

१५११  पटक हेरिएको

मोरङ । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले सिद्धार्थ क्यापिटल लिमिटेडको सहकार्यमा Financial Literacy, Investment and SIP विषयक जानकारीमुलक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा महिला उद्यमीहरुलाई Financial Literacy, Investment and SIP विषयमा जानकारीहरु उपलब्ध गराइएको थियो । कार्यक्रमको सभापतित्व महिला उद्यम समितिकी संयोजक श्री श्रुती शर्माज्यूले गर्नुभएको थियो भने विशिष्ट अतिथि मोरङ उद्योग व्यापार संघका उद्योग उपाध्यक्ष श्री बिकास कुमार बेगवानीज्यू हुनुहुन्थ्यो । कार्यक्रममा सिद्धार्थ क्यापिटल लिमिटेडका विजनेश डेभलप्मेन्ट मेनेजर श्री प्रकाश सुवेदीज्यूले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघका पदाधिकारीज्यूहरु, कार्यसमितिज्यूहरु, युवा उद्यम समिति तथा महिला उद्यम समितिका संयोजक तथा सदस्यज्यहरु, विभिन्न संघ/संस्थाका महिला उद्यम समिति संयोजकज्यूहरु तथा प्रतिनिधिज्यूहरु, विभिन्न क्षेत्रका महिला उद्यमीज्यूहरु, उद्योगी व्यवसायीज्यूहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!