एक युवा, एक बिरुवा: मोरङमा वृक्षारोपण अभियान जारी

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, आषाढ २३, २०८१

३१४६  पटक हेरिएको

विराटनगर ।”एक युवा, एक बिरुवा” भन्ने नाराका साथ नेपाल युवा परिषद्ले सुरु गरेको वृक्षारोपण कार्यक्रममा मोरङका युवाहरू उत्साहका साथ सहभागी भइरहेका छन्। बिदिश भट्टराई र सोनु शर्माको नेतृत्वमा मोरङ जिल्लाभर वृक्षारोपण कार्यक्रम भइरहेको छ। विराटनगर बुढीगंगा लगायत जिल्लाका सबै पालिकामा युवाहरूले बिरुवा रोपिरहेका छन्।

मोरङ जिल्लाको नेतृत्व सोनु शर्माले युवाहरूलाई सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न र वातावरण संरक्षणमा योगदान गर्न आह्वान गर्नुभएको छ। “रुख काटेर प्रकृतिलाई धेरै हानि भइरहेको छ,” उहाँले भन्नुभयो, “यसैकारण हामीले युवाहरूलाई वृक्षारोपण कार्यक्रममा सहभागी गराएर उनीहरूमा प्रकृतिप्रेम जागृत गराउने प्रयास गरिरहेका छौं। नेपाल युवा परिषद् मोरङले अभियान सुरु गरेदेखि जिल्लाभर ३०० वटा बिरुवा रोपिसकेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!