बिराटनगरको वाड नं २ मा मिनी आइफिल टावर खडा

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, साउन ०१, २०८१

१९१५  पटक हेरिएको

बिराटनगरको वाड नं २ स्थित हटिया क्षेत्रमा सोमबार पेरिसको विश्व प्रसिद्ध आइफिल टावरको आकार झल्काउने मिनी आइफिल टावर खडा गरिएको छ। यो परियोजनाले आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको छ।

मिनी आइफिल टावरको निर्माण हालसम्म 3 लाख रुपैयाँको लागतमा सम्पन्न गरिएको छ। वाड अध्यक्ष कुमार पोखरेलले जानकारी दिएअनुसार, आगामी दिनहरूमा थप लगानी गरेर टावरलाई अझ आकर्षक बनाउने रंगरोगन, बत्ती जडान लगायतका कामहरू गरिने र रात्रिकालीन वाकिङ स्ट्रिटका रुपमा बिस्तार गरिने बताए।
“यस मिनी आइफिल टावरले हाम्रो क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ,” पोखरेलले भने। “आन्तरिक पर्यटकहरूको संख्यामा वृद्धि हुनेमा हामी विश्वस्त छौं।”

स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव: बिराटनगरको वाड नं २ मा खडा गरिएको यो मिनी आइफिल टावरले स्थानिय तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्नेमा ठूलो विश्वास गरिएको छ। निर्माण कार्य सम्पन्न भइसकेपछि यस क्षेत्रले थप पर्यटकहरूलाई स्वागत गर्नेछ र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्नेछ।

नयाँ संरचनाले बिराटनगरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा चिनाउने आशा गरिएको छ। सोमबार हतियामा खडा गरिएको मिनी आइफिल टावरले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!