प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालको ७औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

Logo
वीरेन्द्रकुमार साह प्रकाशित मंगलबार, साउन ०१, २०८१

२६१४  पटक हेरिएको

बिराटनगर ।प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालले आफ्नो ७औं वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। मलेसियाको राजधानी क्वालालम्पुर स्थित कोत्राया घन्टा घर नजिकै रहेको नेपाल हाउस रेष्टुरेन्टमा आयोजित यो कार्यक्रमले प्रवासी नेपालीहरुको उत्साह र ऐक्यबद्धतालाई पुनः प्रकट गरेको हो।

कार्यक्रममा समाजका अध्यक्ष रंजित सरदार बाँतर, उपाध्यक्ष प्रबिन सरदार बाँतर, सचिव चन्दन सरदार बाँतर, सल्लाहकार दिलिप सरदार बाँतर, बसन्त सरदार बाँतर लगायतका प्रमुख व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। साथै, मलेसियामा रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता रंजित सरदार बाँतरले गरेका थिए भने सञ्चालन सचिव चन्दन सरदार बाँतरले गरे। उपाध्यक्ष प्रबिन सरदार बाँतरले कार्यक्रमको उद्घाटन गरेका थिए। प्रमुख अतिथि बलराम सरदार बाँतरले प्रवासी नेपालीहरुको भूमिका र योगदानको प्रशंसा गर्दै, समाजले गरेका विभिन्न सामाजिक कार्यहरुको चर्चा गरे।

प्रमुख अतिथि दिलिप सरदार बाँतरले विदेशमा कार्यरत नेपालीहरुले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानको महत्त्वलाई उजागर गरे। उनले प्रवासी सरदार बाँतर समितिले मलेसियामा रहेका सम्पूर्ण बाँतर सरदार समुदायबीच सुमधुर सम्बन्ध कायम राख्न सफल भएकोमा प्रशंसा व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष रंजित सरदार बाँतरले संस्थाको स्थापना कालदेखि अहिलेसम्म भाषा, धर्म, भेषभुषा, स्वास्थ्य, शिक्षा, प्राकृतिक प्रकोप र दुःखी पीडितहरुमा पुर्याएको सहयोगको प्रगति विवरण प्रस्तुत गरे। उनले आगामी दिनमा पनि सम्पूर्ण बाँतर सरदार समुदायलाई अझै धेरै साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बलराम सरदार बाँतर रामविलास सरदार बाँतर ,गोकुल सरदार बाँतर,,सनोज सरदार बाँतर,रंजित सरदार बाँतर,महादेव सरदार बाँतर लगायतको अतिथिहरुको सहभागिता कार्यक्रमा रहेको थियो।

अन्त्यमा, अध्यक्ष रंजित सरदार बाँतरले सम्पूर्ण सहभागीहरुको उन्नति प्रगतिको कामना गर्दै धन्यवाद ज्ञापन गरे। कार्यक्रमले मलेसियामा रहेका प्रवासी नेपालीहरुको ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वलाई पुनः एक पटक मजबुत बनाएको देखियो।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!