१३२/३३ के. भी सब-स्टेशनकाे काम कछुवाकाे गतिमा

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, साउन ०२, २०८१

१७२१  पटक हेरिएको

बिराटनगर । मोरङको कनेपोखरी गाउँपालिका २ स्थित केरौन बजार नजिकैमा रहेको केरौन १३२/३३ केभी सबस्टेसन निर्माण ढिलाइ भएको छ । नेपाल सरकारले पाँच बिघा जग्गा खरिद गरेर उक्त स्थानमा २०७८ साल श्रावण २७ गतेदेखि सबस्टेसन निर्माण कार्य सुरु भएको थियो ।

एनर्जीपॅक इंजीनियरिंग-एस आर असोशीएटस इन्फ्रास्ट्रक्चर जेभीलाई २०८० कार्तिक २५ गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिइएकोमा काम सम्पन्न हुन नसकेपछि २०८१ कार्तिक २५ गतेसम्म म्याद थप गरिएको थियो । ८५ करोड रुपैयाँको लागतमा एसियाली विकास बैंक, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण सुरु भएको उक्त आयोजना सम्धित निकायहरुको फितलो अनुगमनका कारण ढिलाइ भएको हो ।

यद्यपि, आयोजनाका इन्जिनियर राजेशकुमार साहले अब भने समयमै काम सम्पन्न हुने र आगामी २०८२ वैशाखदेखि सो स्टेसनबाट विद्युत सप्लाई गर्ने योजना रहेको बताएका छन् । विद्युत सप्लाई भएपछि रंगेली, सुनबर्सी, धनपालथान, कानेपोखरी, रतुवामाई, जहदा, रमाइलो र बिराट चोक लगायतका सेवाग्राहीहरु लाभान्वित हुनेछन् । हाल उक्त स्थानमा पोल गार्ने कामदेखि लिएर अन्य कामको ५०% निर्माण कार्य भइसकेको र बाँकी काम ५ महिनाभित्र सम्पन्न गरिने साहले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!