विराटनगरको पारस अस्पतालले गरिब बिरामीको निःशुल्क उपचार गरी मन जित्यो

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन ०६, २०८१

९७६  पटक हेरिएको

विराटनगरस्थित पारस अस्पतालले फेरि एक पटक गरिब तथा विपन्न बिरामीको निःशुल्क उपचार गरी सबैको मन जित्न सफल भएको छ । सिरहाको मिर्चया नगरपालिकाकी ४५ वर्षीय गिता सरदारको निःशुल्क पाठेघरको सल्यक्रिया गरिएको हो । चार महिनादेखि उनको पाठेघरमा समस्याले रक्तस्राव भइरहेको थियो ।

स्थानीय जनप्रतिनिधि र स्थानियको सहयोगमा उनलाई विराटनगर स्थित पारस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । जेनरल सर्जन डा. सफिउर रहमानको टिमले सफलतापूर्वक उनको पाठेघर निकालेको छ ।अस्पतालकी नर्सिङ इन्चार्ज सृजना यादवका अनुसार सरदार बिभिन्न अस्पतालहरूमा उपचारका लागि धाइरहेकी थिइन् र अन्तमा पारस अस्पताल आइन् ।

आर्थिक अवस्था कमजोर भएको कारण उनलाई उपचारमा समस्या भइरहेको थियो । यस अस्पतालले सरदारको निःशुल्क उपचार गराइदिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले जानकारी दिए ।

निःशुल्क उपचार पाएपछि सरदारले डाक्टर र अस्पताललाई धन्यवाद व्यक्त गरिन् । यस अस्पतालले लामो समयदेखि गरिब तथा विपन्नहरूलाई विभिन्न सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!