१५५७ पटक हेरिएको
विराटनगर । विराटनगरको ९ मकालु टिभी अगाडी सोमबार एक कार्यक्रम आयोजना गरी जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकाडेमी संचालनमा आएको छ ।
कोशी प्रदेशको सामाजिक विकास राज्य मन्त्री सृजना राईले उक्त युनिसेक्सको उद्घाटन गर्नुभयो । उहाँले युनिसेक्सको उद्घाटन गरेपछि आफ्नो कपाल पनि मिलाउनुभएको थियो । कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बहादुर बस्नेत (पर्शुराम) ले राजनैतिकसँगै महिलाहरु आत्मनिर्भर बन्नको लागि यो सैलुनले ठूलो सहयोग पु¥याउने बताउनुभयो ।
जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकाडेमीमा महिला पुरुष दुवै जनालाई सेवा लिन खोलिएको छ । ब्यूटिसिनय सम्बन्धी सम्पूर्ण तालिम र नेल सिक्न चाहनेहरुको लागि पनि एकाडेमी खोलिएको ब्यूटिसियन तथा युनिसेक्स सैलुनका संचालक शान्ता जोशीले जानकारी दिनुभयो । १५ लाख भन्दा बढीको लगानीमा खोलिएको यो सैलुनमा विशेषगरी कपाल काट्ने, रंगरोगन, स्याहारदेखि फेसियल, मेकअप (साधारण र बेहुला–बेहुली), छाला तथा नङ स्याहार लगायतका सेवा दिइन्छ ।
सैलुनको साजसज्जा पनि आकर्षित तरिकाले गरिएको छ । लामो समय काम गरेका अनुभवी कर्मचारी र अनुभवी ‘हेयर मास्टर’ यहाँ कार्यरत छन् । सानैदेखि आत्मनिर्भर बन्न रूचाउने शान्ता ब्यूटिसियनको क्षेत्रमा लामो समयदेखि कार्यरत रहनुभएको छ । उहाँ सफल उद्यमीका रूपमा पहिचान बनाउन लागी पर्नुभएको छ ।