कोरियन विश्वविद्यालयद्वारा पूर्वाञ्चल विश्वविद्यालयलाई तीन हजार डलरको छात्रवृत्ति

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, साउन १२, २०८१

१७४५  पटक हेरिएको

विराटनगर। कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा अध्ययरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ । लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेसन चाङवन युनिभर्सिटी दक्षिण कोरियाका निर्देशक प्राध्यापक दा योङ जङ र पूर्वाञ्चल विश्वविद्यालय शिक्षा संकायका डीन प्रा. डा. अनिल पोखरेलबीच शुक्रवार विराटनगरमा छात्रवृत्ति सम्बन्धमा हस्ताक्षर भएको हो ।

कोरियन विश्वविद्यालयले यसअघि वार्षिक तीन सय अमेरिकी डलर छात्रवृत्ति दिँदै आएकोमा दश गुणा बढाएर तीन हजार डलर पु¥याएको हो । कोरियन विश्वविद्यालयले छात्रवृत्ति रकम दश गुणा बढाएकोमा डीन पोखरेलले कोरियाली विश्वविद्यालय र प्रा. जङलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्राध्यापक जङले विशेष आवश्यकता शिक्षाका विद्यार्थी तथा प्राध्यापकहरूसँग अन्तरकृया समेत गर्नु भएको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपती प्रा. डा. बिजुकुमार थपलियाको निमन्त्रणा स्वीकार गर्दै प्राध्यापक जङले पूर्वाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पस र केन्द्रीय कार्यालयको अवलोकन भ्रमण गर्नु भएको छ ।

विशेष आवश्यकता शिक्षाको स्नातक तहको अध्यापन पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा हुँदै आएको छ । विद्यार्थी र प्राध्यापक आदान प्रदान कार्यक्रम अन्तर्गत विशेष आवश्यकता शिक्षामा अध्ययनरत तीन जना विद्यार्थी र एक जना प्राध्यापक केही साता पछि कोरिया जाँदैछन् । विद्यार्थी तथा प्राध्यापक आदान प्रदान कार्यक्रममा कोरिया जाने प्रकृया शुरू भइसकेको क्याम्पस प्रमुख महेश प्रसाद निरौलाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!