१२२७ पटक हेरिएको
विराटनगर । शास्त्रीय संगीतका उत्कृष्ट गुरु र संगीत साधक गुरुदेव कामतको दुःखद निधन भएकाले नेपाल सोनार फाउण्डसन र नेपाल भरत सामाजिक संस्कृतिक मँच द्धारा चिर शान्तिको कामना गर्दे श्रद्धान्जली अपर्ण गरेको छ ।
श्रद्धन्जली कार्यक्र विराटनगर स्थित वडा न. १२ कामत चौकमा आईतबार बेलुकी मैनबती प्रज्वलन रि गरिएको हो । देशको ख्याती प्राप्त तथा उत्कृष्ट गायकको दुःखद् निधन भएको कारण उनको आत्माले शान्ति पाओस् भन्दै नेपाल भारत सामाजिक मँच र विराटनगर १२ का बासी सबै मिलेर समारोहमा सहभागी भई श्रद्धन्जली अर्पण गरेको नेपाल सोनार फउण्डेशनका अध्यक्ष महेश कुमार स्वर्णकारले जानकारी दिए । शास्त्रीय संगीत तथा देश बिदेशमा समेत चिनिएका ख्याति प्राप्त गरुदेव कामतको नाम सधैभरि नेपालमा गुन्जी रहोस् भन्दै सरकार सँग माग समेत गरे ।
पचास् वर्ष भन्दा बढी मैथिली तथा अन्य भषिक क्षेत्रमा ठुलो योगदान पुर्याएका कामतको बिमारी अवस्थामा सेव गर्ने मौका नपाएको नेपाल भारत समाजिक संस्कृतिक मँचका अध्यक्ष राजेश शर्माे दुःख प्रकट गरे । मैथिली , भोजपुरी जस्ता विभिन्न भाषामा गित गाएर अमर कायम गरेका कामतको दुख्द निधन भएकोले आज श्रद्धन्जली अर्पण गरेको उनले बताए ।
कामतको निधनले स्मपुर्ण संगीत प्रेमीहरुलाई गहिरो दुःख पुर्याएको छ । गुरुदेव कामतको अद्घितीय व्यक्तित्व , संगितमा समर्पण र सरल जीवनशैली संगीतलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन योगदान पुर्याएका थिए ।