कुमारी बैंक द्वारा बिमा रकम हस्तान्तरण

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, साउन ३०, २०८१

१७२४  पटक हेरिएको

कुमारी बैंकले स्वस्तिक जुटमिलका कर्मचारी बालकृष्ण तामाङको निधन भएपछि उनको परिवारलाई ७ लाख रुपैयाँको बिमा रकम हस्तान्तरण गरेको छ। सडक दुर्घटनामा परेर तामाङको निधन भएको थियो। बैंकका कोशी प्रदेश प्रमुख मनिष श्रेष्ठ, शाखा प्रबन्धक अंकित पाण्डे, अपरेशन इन्चार्ज मनिषा थापा लगायतका कर्मचारीहरूको उपस्थितिमा बिराटनगर शाखा कार्यालयमा यो रकम हस्तान्तरण गरिएको थियो।

मृतक तामाङको कुमारी बैंकमा कुमारी प्रिमियम तलब बचत खाता थियो। बैंकले यस प्रकारको बिमा योजनाअन्तर्गत सामान्य उपचार, अस्पताल भर्ना र दुर्घटनामा मृत्यु भएका ग्राहकहरूलाई बिमा रकम प्रदान गर्दै आएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!