सुनवर्षीका ठाकुरलाई सन्थाल समुदायको सम्मान

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, आश्विन ०५, २०८०

६८९७  पटक हेरिएको

बिराटनगर। समाजसेवी तथा इन्जिनियर कमलेश्वर ठाकुर सम्मानित भएका छन् । छाता पुजा तथा मेला आयोजक समितिले आयोजना गरेको एक कार्यक्रममा ठाकुरलाई सम्मान-पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो। शिक्षा तथा समाजसेवा र कोरोना कालमा आफ्नो र आफ्नो परिवारको पर्वा नगरी समाज र देशका लागि योगदान पुर्‍याएको कारण ठाकुरलाई सम्मान गरिएको आयोजक समितिले जनाएको छ।

मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ५ निवासी ठाकुर बिगत २ दशक देखि मोरङ जिल्लाका विभिन्न क्षेत्रमा शिक्षा तथा समाजसेवाबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका ठाकुरले कोरोनाको महामारीमा मोरङ जिल्लाका विभिन्न स्थानमा खाद्यन्न,औषधि लगायतका सामग्रीहरु विभिन्न दात्री निकाय तथा आफ्नै कमाईको केहि अंशबाट गरिब,असहायहरुलाई वितरण गरेका थिए।

हाल रंगेली तथा विराटनगरमा अध्यापन गराईरहेका ठाकुरले आर्थिकस्तर कमजोर तथा जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क अध्यापन गराई रहेका छन्।

सम्मान कार्यक्रमा संघिय सांसद माननीय सोनु मुर्मको प्रमुख आथित्यता रहेको थियो भने समुदायका प्रतिष्ठित व्यक्तिहरुको समेत कार्यक्रममा सहभागिता रहेको थियो।

यो सम्मानले समाज र राष्ट्र प्रति थप जिम्मेवारी बढेको ठाकुरले बताए। आगामी दिनमा देश र समाजलाई हित हुने कार्य गर्ने ठाकुरले बताए।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!