रंगेलीमा डेंगु प्रकोप बढ्दै, सतर्कता अपनाउन आग्रह

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

१६८५  पटक हेरिएको

रंगेली अस्पतालमा डेंगुका बिरामीको संख्यामा वृद्धि भएको छ। विशेषगरी पछिल्लो एक सातामा डेंगुका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार डेढ दर्जनभन्दा बढी डेंगुका बिरामी भर्ना भएका छन्। तीमध्ये तीन जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ। बाँकी बिरामीको उपचारपछि घर फर्किएका छन्।

अस्पतालका डाक्टर सुरज अर्यालका अनुसार यसअघि फाटफुट मात्र देखिएको डेंगु एक्कासी बढेको छ। डाक्टर अपिल खनालका अनुसार डेंगुबाट बच्न घर वरपर सरसफाइमा ध्यान दिनु पर्ने, सुत्दा झुलको प्रयोग गर्ने र पानी जम्न नदिनेतर्फ सचेत हुनुपर्ने बताएका छन्। उनले ज्वरो आएमा तुरुन्तै अस्पतालमा आउन पनि आग्रह गरेका छन्।

अस्पतालको ल्यव प्रमुख ललित यादवका अनुसार ज्वरो आएर आएका बिरामीको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको छ। रंगेली अस्पतालले रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका, रतुवामाई नगरपालिका, कानेपोखरी गाउँपालिका र भारतको सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई सेवा दिँदै आएको छ।

 

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!