विराटनगरमा खानेपानीका लागि पाइपलाइन विस्तारको परीक्षण सुरु

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, आश्विन १४, २०८१

११३२  पटक हेरिएको

विराटनगर। विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ ।जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको अनुदान सहयोगमा सञ्चालन हुने परियोजनाको लागत २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका क्रममा दुई–तीन पिस पाइप बिछ्याएर पुरिनेछ । त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको सबै मापदण्ड हेरिनेछ । सबै परीक्षण पूरा गरेपछि मात्रै औपचारिक रुपमा पाइपलाइन विस्तार गरिने कर्णले जानकारी दिनुभयो ।

जाइकाको खानेपानी परियोजना काम छिटो सम्पन्न भएर शुद्ध खानेपानी प्रयोग गर्न वडाबासी आतुर रहेको आफूले पाएको परीक्षणमा उपस्थित वडाध्यक्ष राम पोखरेलले बताउनुभयो । महानगरका मेयर नागेश कोइरालाले विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता छिट्टै पूरा हुने बताउँदै आउनुभएको छ ।

विराटनगरमा खानेपानी संस्थान अन्तर्गतका भइरहेका संरचनाको सुधार गर्ने, खानेपानीका ओभरहेड ट्यांकी, पाइपलाइन र फिल्टरहरू थप गर्ने योजनाअनुसार खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याइनेछ । खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । खानेपानी आयोजनाले १ लाखभन्दा बढी महानगरवासी लाभान्वित हुनेछन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!