केशलियाको कटान रोक्न महानगरको सक्रियता

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आश्विन १५, २०८१

७२१  पटक हेरिएको

विराटनगर। केशलिया खोलाको कटानबाट विराटनगर–१२ स्थित सम्पन्न बस्ती जोगाउन विराटनगर महानगरपालिकाले अस्थायी तटबन्ध निर्माण सुरु गरेको छ ।महानगरको जेसीवी प्रयोग गरेर नगर प्रहरी र सशस्त्र प्रहरीले बोरामा माटो हालेर तटबन्ध निर्माण गरिरहेका छन् । मौसम विभागले बुधबार र बिहीबार भारि वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेपछि केशलियाको बाढी बस्तीमा नपसोस् भनेर तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरिएको हो । केही दिनअघि आएको अविरल वर्षाका कारण केशलियाको बाढी विराटनगर–१२ स्थित सम्पन्न बस्तीमा प्रवेश गरेको थियो ।

कोशी प्रदेशको खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय मन्त्रालयले खोलामा स्थायी तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले लागत इस्टिमेट तयार पार्न जल तथा सिंचाइ विकास डिभिजन कार्यालय मोरङका इन्जिजियर अनिलकुमार महतोलाई खटाइसकेको छ । केशलियाको बाढीका कारण प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्रलगायतका क्षेत्र जलमग्न भएको थियो । महानगर आवास योजनाअन्तर्गत विपन्नका लागि सो स्थानमा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!