शैक्षिक परामर्श संघद्वारा महानगरका बाढीपीडितलाई सहयोग

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, आश्विन १७, २०८१

१५४४  पटक हेरिएको

विराटनगर। राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशले विराटनगर महानगरपालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।संघको ६ औं वार्षिकोत्सवका अवसरमा महानगरका मेयर नागेश कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलसमेतको उपस्थितिमा मेयर कोइरालालाई संघका प्रदेश अध्यक्ष सन्तोष कुरुङ्वाङ, सचिव नरेन्द्र दंगाल, संस्थापक अध्यक्ष मोहन तिगेला, सल्लाहकार टीका ढकाललगायतले चेक हस्तान्तरण गर्नुभएको थियो ।

वार्षिकोत्सवका अवसरमा गरिने कार्यक्रममा लाग्ने खर्च यसपटक बाढीपीडितका लागि सहयोग गरेको संघका सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । वडा नम्बर ८ मा छुट्टै राहतकोष स्थापना गरेर सोही कोषमा सो रकम जम्मा गरिनेछ । वडा नम्बर ८ का बाढीपीडितका लागि खर्च गर्ने गरी सहयोग प्रदान गरेकोमा मेयर कोइरालालाई संघलाई धन्यवाद दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!