नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखाको १७ औं वार्षिक साधारणसभा सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

९०९  पटक हेरिएको

नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखाको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १२ जनालाई सम्मान समेत गरिएको छ । मोरङको हसन्दहमा बिहीबार आयोजित वार्षिक साधारणसभामा संस्थामा आवद्द रहि विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने १२ जनालाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मोरङका कोषाध्यक्ष केदार थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा रेडक्रसमा आवद्ध व्यक्तिहरु सहित स्थानीय जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

हसन्दह उपशाखाका अध्यक्ष भोलानाथ घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपशाखाका सदस्य प्रकाश सुवेदीले स्वागत मनतव्य राखेका थिए भने पथरीशनिश्चरे नगरपालिकाका कार्यपालिका सदस्य पदम धिमाल , वडा नं ६ का जनप्रतिनिधि विष्णु लिम्बू , रक्तदाता बेदनाथ खतिवडा , शिक्षक चन्द्रप्रसाद राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । उपशाखाका सचिव लक्ष्मीप्रसाद सुवेदीद्वारा सञ्चालित कार्यक्रममा अध्यक्ष भोलानाथ घिमिरेले संस्थाले गत आर्थिक वर्षमा सम्पन्न गरेका गतिविधिहरुको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानीय शिक्षाप्रेमी तथा रेडक्रसका आजिवन सदस्य किरण थापा , आजिवन सदस्यहरु डिल्लिराम चौलागाईं , सत्यनारायण महत्तो , युवराज राजवंशी , दानु क्षेत्री , भगवती राई , वेदनाथ खतिवडा , लिला घिमिरे , गोपालप्रसाद लुँईटेल लगायतलाई सम्मान गरिएको थियो ।

शिक्षाप्रेमी स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा विसं २०५४ सालमा स्थापित नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखा स्थापनाकालदेखि नै विपत न्यूनीकरण , उद्दार एवम् मानवीय सहायताको क्षेत्रमा क्रियाशिल छ भने नियमितरूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!