सिजल एण्ड सिस्टर फाउन्डेशनले बाढीपीडितलाई राहत वितरण

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

९६८  पटक हेरिएको

काठमाडौँ । सिजल एण्ड सिस्टर फाउण्डेशनले यस वर्षको असोजमा आएको बाढीपहिरोबाट प्रभावित भएका बलेफी, भोटेकोशी, जुगल र सुनकोशी गाउँपालिकाका अतिविपन्न परिवारलाई राहत सामग्री वितरण गरेको छ।

फाउण्डेशनले बढ्दो जाडोलाई मध्यनजर गर्दै प्रत्येक परिवारलाई एक-एकवटा ब्ल्याङ्केट प्रदान गरेको छ। साथै, मृतक परिवारलाई जनही दश हजार रुपैयाँ र अन्य विपन्न परिवारलाई आर्थिक सहयोग पनि गरिएको छ। राहत वितरण कार्यक्रममा फाउण्डेशनका सल्लाहकार तथा पत्रकार राजेन्द्र लुइँटेल, गीतकार तथा पत्रकार गीता अधिकारी लगायतका कलाकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

यसैगरी, फाउण्डेशनले पनौती-१२ का ३०० भन्दा बढी अतिविपन्न परिवारलाई बाल्टिन, पानी फिल्टर लगायतका आवश्यक सामग्री पनि वितरण गरेको छ। यस कार्यक्रममा कम्युनिटी इनोभेसन अर्गनाइजेसनसँगको सहकार्य रहेको थियो।

फाउण्डेशनले यसअघि पनि रोसी गाउँपालिकाका बाढीपीडितलाई २५० भन्दा बढी ब्ल्याङ्केट र आर्थिक सहयोग प्रदान गरिसकेको छ। संस्थाका अध्यक्ष सञ्जित भण्डारीले विभिन्न चरणमा राहत कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै भविष्यमा समाज कल्याणका लागि थप ठूला कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए।

सिजल एण्ड सिस्टर फाउण्डेशनले यसअघि नेपालका विभिन्न जिल्लाका विद्यालयमा स्कुल सामग्री वितरण, मेलम्ची बाढीपीडितलाई राहत, रोहनिया शरणार्थीलाई खाद्यान्न सहयोग जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!