मनमोहनका विद्यार्थीले निर्माण गरे चालक आफैले खाएको रक्सी चेक गर्ने मेसिन

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, मंसिर १८, २०८१

६४४  पटक हेरिएको

कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफैले चलाउने सवारीमा चालक आफैले आफनो अल्कोहल टेष्ट गर्नसक्ने उपकरण निर्माण गरेका छन ।

पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो बर्षका विद्यार्थीले छ महिना लगाएर कुनै पनि सवाारीमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउन सकने अवस्थामा छ छैन भन्ने पत्ता लगाउन सक्ने उपकरण बनाएका हुन ।

विद्यार्थीहरुका अनुसार अल्कोहल उपकरणलाई स्तरोन्नती गरेर कार, वाईक , बस, ट्रक जुनसुकै सवारीको ईन्जिनमा जडान गर्न सकिन्छ । यदी चालकले ४० प्रतिशत भन्दा बढी रक्सी सेवन गरेको रहेछ भने उक्त्त उपकरणले तत्काल सिग्नल दिनसक्छ । जसले ‘ तिमिले धेरै रक्सी खाएका छौ यसैले सवारी चलाउन योग्य छैनौ’ भन्ने सन्देश दिन्छ । यसैले यो उपकरणले दुर्घटना न्युनिकरण गर्न सहयोग पुरयाउने पोलिटेक्निकका ईन्जिनियर तथा शिक्षक दिपेन्द्र यादवले बताए । उनका अनुसार चालु शैक्षिक सत्र मेकानिकल ईन्जिनियरिंङग तेस्रो बर्षका विद्यार्थीहरुले विभिन्न पाँचवटा अविष्कारहरु गरेका छन ।

गियरवाला विद्युत्तिय मोटरसाइकल पनि बनाए

यसैगरि मनमोहन पोलिटेक्निककै ईन्जिनियरिङ तर्फका विद्यार्थीहरुले गियरवाला विद्युत्तिय मोटरसाइकल पनि निर्माण गरेका छन । विद्यार्थीहरुका अनुसार हाल बजारमा सञ्चालन भैरहेका ईलेक्ट्रिक मोटरसाइकलहरुमा गियरको प्रबन्ध छैन । यो प्रविधिलाई स्तरोनोन्तरी गरेर बजारमा गियरवाला मोटरसाइकल सञ्चालन गर्न सकिने शिक्षक तथा ईन्जिनियर रामकुमार यादवले जानकारी दिए । ईन्जिनियर रामकुमार यादवका अनुसार चालु बर्ष ईन्जिनियरिंगतर्फका विद्यार्थीले ५ वटा र ईलेक्ट्रिक ईन्जिनियरिंङगतर्फका विद्यार्थीले विभिन्न ३ वटा अविष्कारहरु प्रर्दशन गरेका छन ।

विद्यार्थीहरुले सोमवार पोलिटेक्निक परिसरमा बेट्रीबाट चल्ने ह्रिव्यल चेयर , हाईड्रो पावर , ट्रान्सफरमर ईलेक्ट्रिक कन्ट्रोलर र स्वचालित कार , अल्कोहल टेष्ट डिभाइस , गियरवाला ईलेक्ट्रिक मोटरसाइकलआदि विभिन्न अविष्कारहरु प्रर्दशन गरेका छन ।

विद्यार्थीहरुले गरेको अविष्कारको प्रर्दशन मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल रजिष्टार डा दिलनाथ फुयाल , उद्योगी सोम घिमिरे , समाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्री लगायतले अवलोकन गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!