नियन्त्रीत औषधी सहित १ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

५५१  पटक हेरिएको

सुनसरीको धरान उप-महनगरपालिका-८ स्थितबाट नियन्त्रीत औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले मंसिर २० गते  साँझ स्थानीय ४४ बर्षीय चक्र बहादुर मोतेलाई नियन्त्रित औषधी स्पासपेन १ हजार ११ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय चिमडि सुनसरीको गस्ति टोलिले मंसिर २० गते साँझ सुनसरी बर्जु गाउँपालिका-६ स्थितबाट बेबारीसे अवस्थामा राखेको को १ ह ९३३३ नम्बरको अटो भित्र प्लास्टिकमा राखेको साढे ३५ किलो लागुऔषध गाँजा बरामद गरेको थियो । पक्राउ परेका मोते र बेबारीसे अटो भित्र फेला परेको गाँजाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!