३५११ पटक हेरिएको
बिराटनगर । बिराटनगर महानगरपालिका वडा नम्बर ४ र ५ अन्तरगर्त पर्ने जामुन गाछी सडक खण्ड समयमा निर्माण नहुँदा स्थानीयले शास्ती बेहोर्नुपरेको छ ।
मोरंग जिल्लामा पर्ने हुलाकी सडक खण्ड निर्माणमा ढिलाई भएसँगै बर्षा याम हिलामय र गर्मीको समयमा धुलोले स्थानीहरुलाई समस्या भएको हो ।
चुनावको बेला ठुला ठुला भषण गरेर चुनाव जितेर गएको नेताहरुले चासो नलिए पछी सडक निमार्णमा ढिलाई भएको स्थानीहरुले आरोप लगाएका छन् ।
केहि दिन आगाडी स्थानीहरुले सडकमा बासँ, होम पाईप लगायतका समाग्री राखी अबरुद्ध गरेका थियो । स्थानीयहरु अपराधी ठेक्केदार कृष्णा वोहोरा भुमी कस्ट्रकसन मुर्दावाद सहिको पम्पलेट बोकी प्रदशर्न गरेका थिए ।
स्थानीयहरुका अनुसार कृष्णा वोहोरा संचालक रहेको भुमी कस्ट्रकसनले ठिक्का लीएको यो सडक खण्ड धेरै समय देखि बनेको छैन् । हामीले पटक पटक सम्बन्धीत निकायमा ध्यान आकर्षन गराउदा पनि नबनाएको स्थानीहरुले आरोप लगाएका छन् ।
यस सडक भएर गुडने गाडीको कारण उडने धुलोले हामीलाई एकदा अप्ठयारो हुन्छ । यहाँ वरीपरी भएका घरमा धुलोले फोहर हुने, बच्चा तथा बृद्धलाई स्वास र्फेन ग्राहो भएको स्थानिय रतन देबी भगतले बताए।
त्यसैगरी युवराज भगतका अनुसार यहाँका बतावरण एकदम प्रदुषित भएको अवस्ता छ । पानीको बेला हामीलाई एकदा ग्राहो हुन्छ । त्यती खेर घरबाट बाहिर निस्कीने अवस्था रहदैन् । बाटो हिलामय हुन्छ । बाटोमा चल्ने अवस्था हुदैन। हामीले कुनै सिटी सफारी तथा अटो बलालाई जामुन गाछी जानु हुन्छ भनेर सोध्दा कसैले जान मान्दैनन् । हामी यहाँका स्थानीयहरुले हिडेर बजार जानु पर्ने बाध्यता रहेको बताए ।
सडक नबन्दा त्यस रोडको ब्यापार पनि राम्री नचलेको एक ब्यापारी बताए । हामीलाई समानहरु एक ठउँबाट अर्को ठाउँ लानु परेमा हामीलाई साधन नै पाउँदैन । पाए पनि धेरै भाडा भन्छ ,अब हामी के गर्ने भन्ने पिडा ब्यापारीले सुनाए ।