८४७ पटक हेरिएको
मोरङ।नेपाली काङ्ग्रेस मोरङका नेता तथा कोशि प्रदेश सभा सदस्य मानबहादुर लिम्बुले पहिचानवादीहरुले आफुलाई ‘वंश गद्दार’ को आरोप लगाएको भन्दै गुनासो गरेका छन् ।
नेपाली काङ्ग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत शुक्रवार मोरङको पथरीमा आयोजित नगरस्तरीय कार्यक्रममा सम्बोधन गर्दै प्रदेशसभा सदस्य लिम्बुले पहिचानवादीहरुले आफुलाई ‘वंश गद्दार’ भन्दै अघोषित रूपमा बहिष्कार गरेको गुनासो समेत गरे ।
कोशी प्रदेश नामाङ्कनको क्रममा आफुहरुलाई असहयोग गरेको भन्दै पहिचानवादीहरुले खस आर्य समुदायका सांसदहरूहरुलाई गद्दार र आदिवासी जनजाती सांसदहरूलाई वंश गद्दार घोषणा गरेको लिम्बुको भनाई थियो । नेपाली राष्ट्रिय गानको प्रसंग निकाल्दै लिम्बुले नेपाल बहु जाती , भाषा , धर्म र संस्कृति रहेको मुलुक हुनाले सबैलाई समेट्ने गरि कोशी प्रदेशको नामकरण गरिएको बताए । उनले आफुहरु वंश गद्दार नरहेको समेत प्रष्ट पारेका थिए ।