सर्वोच्च अदालतका न्यायाधीशद्वयले कोशी प्रदेश प्रहरी कार्यालयको अवलोकन

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, पुष १३, २०८१

४५३  पटक हेरिएको

विराटनगर। सर्वोच्च अदालतका माननीय न्यायाधीश सपना प्रधान मल्लज्यू र माननीय न्यायाधीश सारङ्गा सुवेदीज्यूले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गर्नु भएको छ । पुस १३ गते अवलोकन भ्रमणको क्रममा पाल्नु भएका वहाँहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले स्वागत गर्नु भएको थियो ।

अवलोकन भ्रमणको क्रममा वहाँहरुले कोशी प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा, महिला बालबालिका सेवा केन्द्र, सामुदायिक शाखा तथा शिशु स्याहार कक्षको अवलोकन भ्रमण गर्नु भएको थियो । अवलोकन भ्रमणको क्रममा पाल्नु भएका वहाँहरुले कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारी, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!