७०६ पटक हेरिएको
निशान कंडेल /सरिता कर्मकार ,बिराटनगर । क्षयरोग, जसलाई टीबी रोग पनि भनिन्छ, फोक्सोलाई असर गर्ने घातक सरुवा रोग हो। समयमै उपचार नगरे यस रोगले मृत्युको जोखिम निम्त्याउन सक्छ। नेपालमा दिनहुँजसो १७ देखि१८ जना सम्म मानिसहरु क्षयरोगका कारण मृत्यु हुने गरेको छ ।
विराटनगर महानगरपालिकाले महानगर भित्र ‘टीबी फ्रि पालिका ’अभियान सुरु गरेको छ। यस अभियानले क्षयरोग नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान केन्द्रित गरेको छ। आर्थिक वर्ष २०८०२०८१ अनुसार विराटनगरका १३४ जना टिबी बिमारीहरुको उपचार भईरहेको छ ।
डा. बसन्त मेहता अनुसार, क्षयरोग दुई प्रकारका हुन्छन्— एउटा सामान्य उपचारले निको हुने र आर्को औषधिले पनी काम नगर्ने हुने गर्दछ । फोक्सोमा संक्रमण हुने क्षयरोग बढी संक्रामक हुन्छ। यसको प्रमुख लक्षणहरूमा खोकी, मन्द ज्वरो, खकारमा रगत आउनु, तौल घट्नु, र स्वासप्रश्वासमा समस्याहरु हुन् ।
महानगरपालिका टीबी फ्रि पालिका’ अभियान अर्तगत विभिन्न जनचेतना कार्यक्रम सञ्चालन गरिएको स्वास्थय साखाको संयोजक दिलिप कुमार यादवले जानकारी दिनुभयो । आमा समुह अभिमुखी कार्यक्रम, वृद्धअश्रममा गएर इस्क्रिनिङ गर्ने , महिला स्वयमसेविकाहरुलाई घर घरमा परिचालन गरि खकार संकलन गर्ने र जनचेतना फैल्याउने काम ,संक्रमित व्यक्तिहरुले खकार प्रदान गरे बापत रिर्चाज कार्ड उपलब्ध गराउने माईक्रोस्कपिक सेन्टर बिस्तार ,कुपोषित बच्चाहरुलाई पोषण प्याकेज वितरण गरि उनीहरुको इस्क्रिनिङ गराउने जस्ता अभियानहरु रहेको यावदले जानकारी दिनुभयो । स्वास्थमा केही समस्या देखा परेमा नजिकैको स्वास्थ शाखा गएर टीबी जाचँ गराउन उनले आग्रह समेत गरे ।
विरामी पर्दा मनिसहरुमा जनचेतनाको कमी भएको टिभी लक्षण देखिएता पनी अन्य रोगहरुको जाँच धेरै मात्रा मा गर्ने तर टिबीको जाचँ गर्न हिचकिचाउने जनस्वास्थ अधिकृत भुपेन्द्र कुमार साहले बताउनु भयो । एक जना संक्रमित व्यक्ति बाट १० जना सम्म रोग सर्न सक्ने र स्वास्थमा केहि लक्ष्ण देखा परेमा तुरुन्त चेक जाचँ गराई हल्नु पर्ने उहाँले जानकारी दिनु भयो ।
टिबी उपचारका लागि विराटनगरमा रहेका कोशी अस्पताल , नोबेल अस्पताल , बिराट नर्सिङ अस्पताल ,नेपाल क्षयरोग निवारण संस्था (नाटा) हरुमा निः शुल्क चेक जाँच भईरहेका छ भने संक्रमण पुष्टि भएमा नेपाल सरकारले निः शुल्क औषधीहरु उपलब्ध गराउदै आईरहेको छ ।