अपहरणमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ ०१, २०८१

६८९  पटक हेरिएको

सर्लाही।१५ वर्षीय बालकको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्रम्हपुरी गाउँपालिका-४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँ बस्ने १९ वर्षीय बिक्रम पासवान र भारत बिहार राज्य सितामडी राजवाडा ग्रामपंचायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन् ।

भारतीय बालकलाई अपहरण गरी बन्धक बनाई राखेका भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले ब्रम्हपुरी गाउँपालिका-४ स्थित रामजी साह बस्ने गरेको घरकोठामा बन्धक बनाई राखेका अवस्थामा ती बालकलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड, मोवाइल १ थान, चक्कु १ थान, हथौडा १ थान र बिआर ०६ बिटि २८५० नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत सर्लाहीबाट अपहरण, शरिर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!