२०५ पटक हेरिएको
बिराटनगर। बिराटनगरमा पहिलो पटक न्यूरो सर्जरी शुरु गरेको न्यूरो अस्पतालले नयाँ न्यूरोसर्जन डा. सुनिल कुमार दास लाई भित्रयाएको छ । मधेश प्रदेशको राजधानी जनकपुरमा जन्मेका डा. दास उत्कृष्ट शैक्षिक पृष्ठभूमि र अनुभवले भरिपूर्ण रहेकोले न्यूरो सर्जरीको क्षेत्रमा उत्कृष्ट रहेको न्यूरो अस्पतालको छवीलाई थप योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
चिकित्सकीय परिवारमा जन्मेका युवा न्यूरो सर्जन डा. सुनिल कुमार दासले अखिल भारतीय आयुर्विज्ञान संस्थान (ब्क्ष्क्ष्ःक्) बाट न्यूरोसर्जरीमा ःऋज प्राप्त गरेका छन्, जुन अत्याधुनिक सर्जरी चिकित्सा को लागि उच्चतम योग्यता मानिन्छ । साथै, उनले पोष्टग्र्याजुएट इन्स्टिट्यूट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (एन्क्ष्ःभ्च्), चण्डीगढबाट सामान्य शल्यक्रिया (ःक्) मा डिग्री प्राप्त गरेका छन्, जुन भारतमा रहेको स्वास्थ्य शिक्षा सम्बन्धी अर्को अग्रणी संस्था हो । शैक्षिक योग्यताको हिसाबले डा. दास न्युरो सर्जरीको विधामा पुर्ण रुपमा दक्ष रहेको प्रष्टै देखिन्छ ।
आफनो पढाइको सिलसिलामा अधिकाशं समय भारतमा बिताएका डा. दासले ःऋज् को पढाइ पछि भारतकै कोलकतामा इन्स्टिट्यूट अफ न्यूरोसाइन्सेसमा ३ बर्ष न्यूरोसर्जनको रुपमा काम गरेको अनुभवले उनको योग्यता र कौशललाई थप निखारेको छ । बिराटनगरमा रहेको न्युरो अस्पतालमा पुर्णकालिन रुपमा उनको आगमनले बिराटनगर र पुर्वान्चलका बिरामीहरूलाई उपलब्ध हुने स्वास्थ्य सेवाको गुणस्तरमा पक्कै पनि वृद्धि हुनेछ ।
“हामी डा. सुनिल कुमार दासलाई हाम्रो टिममा स्वागत गर्न पाउदा एकदमै खुशी छौं, उनको विशेषज्ञता, स्वास्थ्य सेवा प्रति उनको समर्पण र बिरामी देखभालमा उनको प्रतिबद्धता हाम्रो अस्पतालको उद्देश्यसँग सँग पूर्ण रूपमा मेल खान्छ ।“ भन्दै अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्टले न्युरो अस्पतालले नविन प्रविधी सहितको न्युरो सर्जरी सेवाहरु लाई निरन्तरता दिने बताएका छन ।