नगरसभा स्थगित भएपछि कांग्रेस जनप्रतिनिधिले लगाए पोखरा महानगरमा ताला

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, माघ ०७, २०८१

१५१६  पटक हेरिएको

नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँको कार्यकक्षमा तालाबन्दी गरेको छ । मेयर आचार्यले बहुमत सदस्यको उपस्थिति हुँदा हुँदैपनि नगरसभा स्थगित गरेको भन्दै कांग्रेसले तालाबन्दी गरेको हो ।

करारका कर्मचारी नियुक्तिको विषयलाई लिएर पोखरा महानगरमा लामो समयदेखि विवाद छ । एमालेका जनप्रतिनिधिहरुले करारका कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दवाब दिँदै नगरसभा बहिस्कार गरेका थिए । त्यसपछि मेयर आचार्यले नगरसभा स्थगित गरेका थिए । मेयरमा आचार्य नेकपा (एकीकृत समाजवादी) र उपमेयर गुरुङ नेकपा (एमाले) बाट निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!