लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, माघ ११, २०८१

१२३१  पटक हेरिएको

इलाम।इलामको रोङ गाउँपालिका-४ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रकाउ गरेको छ । माघ १० गते प्रहरी चौकी किटेनीबाट ट्राफिक सहित खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा प्रदेश १-०१-०१७ प ५०७५ नम्बरको मोटरसाइकलमा सवार रहेका सुर्योदय नगरपालिका-८ का ३१ बर्षीय मुस्कान तामाङ र सुर्योदय नगरपालिका-६ का २७ बर्षीय पुजन तामाङलाई ४ ग्राम ७९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!