
११८६ पटक हेरिएको

मोरङ प्रहरीले बिराटनगर महानगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-७ बस्ने २३ वर्षीय मोहमद अब्दुल र अर्का एक जना रहेका छन्।
वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।