
१६७९ पटक हेरिएको

मोरङ।इलाम र मोरङको विभिन्न स्थानहरु बाट प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ३० गते बिराटनगर महानगरपालिका-१७ स्थितबाट इलका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५४ प २१३६ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका-४ का ३२ बर्षीय बिजय राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले पथरीशनिश्चरे-१ का ३३ बर्षीय बाल कृष्ण परियार र २० बर्षीय मौषम धिमाललाई १०५ चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरी चौकी महमाई इलामबाट खटिएको गस्ती टोलिले माई नगरपालिका-७ का ४५ बर्षीय टेक बहादुर लिम्बुलाई ७० मिलिग्राम ब्राउन सूगर सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।