
१५४२ पटक हेरिएको

मोरङ ।मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ-७ स्थितबाट इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा स्थानिय २० बर्षीय मनिष राईको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल-९६, स्पास्टिन-२३८ क्याप्सुल र नाईट्रेजेपाम-४ ट्यापलेट सहित प्रकाउ गरेको छ ।
त्यसैगरी सुनसरीको अस्थायीप्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलोले धरान उप-महानगरपालिका-१६ का २० बर्षीय निशान तामाङको साथबाट ट्रमाडोल-१८२ क्याप्सुल र स्पास्पेन-१८२ चक्की सहित पक्राउ गरेको छ भने उदयपुर त्रियुगा नगरपालिका-३ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलिले स्थानिय २७ वर्षीय दिपेश चौधरीलाई ५७ एम्पुल लागूऔषध औषधी सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागूऔषध पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।