प्राइम कमर्सियल बैंकद्वारा रतुवामाईका विद्यालयलाई वाटर डिस्पेन्सर वितरण

Logo
वीरेन्द्रकुमार साह प्रकाशित मंगलबार, फाल्गुण ०६, २०८१

२५४४  पटक हेरिएको

बिराटनगर । प्राइम कमर्सियल बैंक लिमिटेड, सोमबारे शाखाद्वारा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत मोरङको रतुवामाई नगरपालिकाका विभिन्न विद्यालयहरूलाई वाटर डिस्पेन्सर वितरण गरिएको छ।

कार्यक्रमअन्तर्गत श्री महेन्द्र मावि (रतुवामाई–१०), श्री हिमालय आधारभूत विद्यालय (रतुवामाई–९), श्री सरस्वती मावि (रतुवामाई–८), श्री पाथिभरा आधारभूत विद्यालय (रतुवामाई–८), श्री जनता मावि (रतुवामाई–९) र श्री रत्नडिक आधारभूत विद्यालय (रतुवामाई–९ ) गरी कुल छ वटा विद्यालयलाई छ वटा वाटर डिस्पेन्सर प्रदान गरिएको हो।

कार्यक्रममा प्राइम कमर्सियल बैंक लिमिटेडको प्रदेश क्लस्टर (१) का प्रमुख ऋषिराम भट्टराईको अध्यक्षता रहेको थियो। उहाँले बैंक सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा र स्वास्थ्यमा निरन्तर योगदान दिइरहेको बताउँदै भन्नुभयो,
“विद्यालयमा अध्ययनरत विद्यार्थीहरू स्वस्थ रहन सफा पानीको महत्त्व धेरै हुन्छ। यही सोचका साथ प्राइम कमर्सियल बैंकले यो कार्यक्रम अघि बढाएको हो।”

रतुवामाई नगरपालिका–१० का वडाध्यक्ष भुल बहादुर कार्की (आशिष) प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। उहाँले विद्यालयहरूलाई प्रदान गरिएको यो सुविधा विद्यार्थीहरूको स्वास्थ्य सुधारका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो,
“बैंकको यस किसिमको सहयोग सराहनीय छ। विद्यार्थीहरूका लागि पिउने सफा पानी अनिवार्य छ, र यसले उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ।”

कार्यक्रमका बिशेष अतिथि क्लस्टर (१) का रिलेशनशिप म्यानेजर रूपक राज सुवेदीले बैंकले समाजलाई केन्द्रमा राखेर सेवा गर्दै आएको बताउँदै भन्नुभयो,
“शिक्षा र स्वास्थ्यका क्षेत्रमा बैंकको योगदान आगामी दिनमा अझै वृद्धि गर्दै लैजानेछ। विद्यालयहरूमा सरसफाइयुक्त पिउने पानी उपलब्ध गराउन पाउँदा हामी खुसी छौँ।”

 

सोमबारे शाखा प्रबन्धक प्रकाश कुमार राजबंशीले कार्यक्रम संचालन गर्नु भएको हो।

विद्यालय प्रशासन र विद्यार्थीहरूले समेत बैंकलाई धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगात्मक कार्यक्रम निरन्तर भइरहनुपर्ने बताएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!