
७७० पटक हेरिएको

चोरी पैठारी वा निकासीबाट भन्सारमा आएका सवारीसाधन भन्सार अधिकृतले मूल्य कायम गरी लिलाम वा बिक्री गर्न पाउने भएका छन् । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा भन्सार विधेयकमाथिको दफाबार छलफलमा उक्त दफालाई समितिले सर्वसहमतिले पारित गरेको छ ।
भन्सार विधेयकको दफा ११३ अनुसार कब्जामा लिएको सवारीसाधनको व्यवस्थापन सम्बन्धमा समितिले चोरी पैठारी वा निकासीबाट भन्सारमा आए भन्सार अधिकृतले मूल्य कायम गरी लिलाम वा बिक्री गर्ने पाउने व्यवस्था गरिएको हो ।