प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ 

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, चैत्र ०८, २०८१

८७७  पटक हेरिएको

विराटनगर।सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । चैत्र ०८ गते सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले लगूऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा २९ बर्षीय कमल शाक्यलाई प्रतिबन्धित औषधी ट्रामोल- १ हजार ५० क्याप्सुल र धरान-११ का २१ बर्षीय कमलहाङ राईलाई लागू औषध ब्राउन सुगर १०० मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलिले उर्लाबारी- ४ का २१ बर्षीय मनिष भुजेललाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!