सुमधुर सांगीतिक एवम स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, चैत्र २३, २०८१

६८२  पटक हेरिएको

विराटनगर।ईन्द्रेणी कला प्रतिष्ठान विराटनगरले आफ्नो पाँचौ स्थापना दिवसका अवसरमा सुमधुर सांगीतिक एवम स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरि बरिष्ठ कलाकार प्रेम सुनामलाई शनिबार विराटनगरमा सम्मान गरेको छ । बरिष्ठ कलाकार प्रेम सुनामलाई दोसल्ला र नगद ५ हजार ११ रुपैया सहित सम्मान गरेको हो । साहित्य, संस्कृति र कलामार्फत सम्मानित सुनामले नेपालको कला र सस्कृतिलाई विश्वभर चिनाउनको लागी मुख्य भुमिका खेलेको ले सम्मान गरिएको ईन्द्रेणी कला प्रतिष्ठानका अध्यक्ष रामा मण्डलले जानकारी दिनुभयो ।

इन्द्रेणी कला प्रतिष्ठानका अध्यक्ष रामा मण्डलले गीत सङ्गीत र नृत्य क्षेत्रमा स्वदेश होस वा विदेश जहाँ हुँदा पनि प्रेम सुनामले नेपालको कला क्षेत्रमा ठूलो योगदान दिएको र उनलाई सम्मान गर्न पाउँदा आफू र आफनो सस्था गौरवान्वित भएको बताएका छन् ।

सम्मान ग्रहणपछि प्रेम सुनाम ले इन्द्रेणी कला प्रतिष्ठान लाई पनि धन्यवाद र आभार प्रकट गर्दै आफू निरन्तर कला क्षेत्रमा जिवनको अन्त्य सम्म पनि जारी राख्ने उल्लेख गर्नुभयो । कार्यक्रममा गायक नितिन गजुरेल , भानु कला केन्द्र की सस्थापक माया पौडेल , पुर्वाञ्चल विश्वविद्यालयका प्राध्यपक एव प्राज्ञ दिनेश राज सुवेदी , डा जिवन ढकाल , चलचित्र निर्देशक केशव रायमाझी , गायक प्रवलदिप विश्वास , कलाकार हरु वैज्ञनाथ ठाकुर , मनोज राजवंशी , विनोद श्रेष्ठ, समिक्षा कार्की , विदुर ढुङगेल एवम ईन्द्रेणी कला प्रतिष्ठानका सदस्य कलाकारहरू उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!