पथरीको जिरिखिम्तिमा निशुल्क स्वास्थ शिविर सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, चैत्र २३, २०८१

१४३५  पटक हेरिएको

पथरी ।कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिको आयोजनामा मोरङको पथरीशनिश्चरे १० स्थित जिरिखिम्तीमा निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।विराटनगरस्थित दिव्यज्योति अस्पतालको प्राविधिक सहयोगमा कञ्चनजंघा दैविप्रकोप व्यवस्थापन समितिले शनिबार पथरीको जिरिखिम्तिमा निशुल्क स्वास्थ शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ सय ५० जना सेवाग्राहीले नाक , कान , घाँटि र आँखा सम्बन्धि निशुल्क सेवा लिएको आयोजक कञ्चनजंघा दैविप्रकोप व्यवस्थापन समितिका सचिव प्रेम केडिले जानकारी दिए । शिविरमा आँखा रोग विशेषज्ञ डा. प्रिया मण्डल र नाक,कान,घाँटि रोग विशेषज्ञ मुकेश ठाकुरले सेवा दिएका थिए ।

शिविरबाट पथरीशनिश्चरे १० र आसपासका वडाका सेवाग्राहिहरु लाभान्वित भएका छन् । नगरकै सबैभन्दा पुरानो संस्थाको रुपमा चिनिएको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिले प्राकृतिक विपत्तीमा परेकाहरुलाई सहयोगका साथै स्थानिय युवाहरुलाई खेलकुद तथा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।सोहि संस्थाका युवाहरुले गत तिहारमा खेलेको देउसि भैलो कार्यक्रमबाट संकलित रकमले पुस्तकालय सञ्चालन समेत गर्ने तयारी भइरहेको संस्थाका सचिव केडिले बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!