
६९२ पटक हेरिएको

विराटनग ।विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारत पटनाको फार्मेन्स क्रिकेट एकेडेमी र सिराहा जिल्ला क्रिकेट क्लब विजय भएको छ । पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेट र सिराहाले डिजायर क्रिकेट क्लब पूर्णियालाई ७ विकेटले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
जुटमिल खेल मैदानमा आइतबार भएको पहिलो खेलमा पटनाका कुमार श्रेयले अविजित सतक प्रहार गर्दै आफ्नो टोलीलाई जित दिलाए । दल्लीले दिएको १६८ रनको लक्ष्य पटनाले मात्र १२.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । जितको नायक कुमार श्रेयले केवल ३७ बलमा १०८ रन बनाए । उनको आक्रामक ब्याटिङको कारण पटनाले दिल्लीलाई सहजै पराजित ग¥यो । कुमारको आक्रामक ब्याटिङमा दिल्लीका बलरहरूले कुनै उपाय निकाल्न सकेनन् । उनको चमत्कारिक ब्याटिङका कारण पटनाले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्न सफल भएको छ । उत्कृष्ट प्रदर्शन गरेकोमा कुमार श्रेयलाई प्लेयर अफ द म्याच घोषित गरियो र उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए ।
उनको साथमा पटनाका ओपनर अनुज रञ्जनले १७ बलमा २७ रनको योगदान दिए । उनले २ छक्का र ४ चौका प्रहार गरे । रिशन राकेशले अविजित १३ बलमा १८ रन बनाए भने गोलु मिश्राले ७ बलमा १२ रनको योगदान दिए । पटनाका ब्याट्सम्यानहरू दिल्लीको बलिङ आक्रमण विरुद्ध सुरुदेखि नै आक्रामक देखिए ।दिल्लीका बलरहरूमध्ये साहिल अन्सारी र नितेश चौधरीले मात्र १–१ विकेट लिन सफल भए । पटनाका धेरै ब्याट्सम्यानहरू आक्रामक मुडमा रहेकाले दिल्लीका बलरहरूले विकेट लिन कठिनाई भोगे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा अलआउट हुँदै १६७ रनको मध्यम योगफल बनायो । दिल्लीका रोहन महालदनले सर्वाधिक २० बलमा ४१ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । रोहन कुमारले २२ रन बनाए भने सुजित कुमारले २१ रनको योगदान दिए ।आदर्श सिन्हाले १७ र लला आलमले १५ रन बनाए । यद्यपि, दिल्लीका अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा पुग्न सकेनन् । आक्रामक सुरुवात गरेको दिल्लीको टोली निरन्तरता दिन असफल भएको देखियो । पटनाका बलरहरूले राम्रो लेन्थ र लाइनमा बलिङ गरेका कारण दिल्लीका ब्याट्सम्यानहरू सहजै विकेट गुमाउन पुगे ।
पटनाका शशि आनन्दले ३ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । उनले दिल्लीका महत्वपूर्ण ब्याट्सम्यानहरूलाई आउट गर्दै पटनाको जितमा महत्वपूर्ण भूमिका निभाए । रिसभ राकेश र नन्द किशोरले पनि २–२ विकेट लिएर दिल्लीको ब्याटिङ लाइनलाई कमजोर बनाउन सफल भए ।
दोस्रो खेलमा पूर्णियाले दिएको १२६ रनको लक्ष्य सिराहाले १३.५ ओभरमा मात्र ३ विकेट गुमाएर सहजै पूरा ग¥यो । सिराहाको जितमा दिपेश पासको उत्कृष्ट ब्याटिङले महत्वपूर्ण भूमिका खेल्यो । उनले अविजित रहँदै केवल १८ बलमा ४४ रनको योगदान दिए । उनले २ छक्का र ६ चौका प्रहार गरे ।सिराहाका ओपनर राकेश कामतले ३३ बलमा २१ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे । विजय थक्राजले पनि अविजित १५ बलमा १६ रनको योगदान दिँदै टिमलाई जितसम्म पु¥याउन सहयोग गरे ।पूर्णियाका बलरहरूमध्ये अमन अनिरले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा मात्र १७ रन खर्चेर उत्कृष्ट बलिङ प्रदर्शन गरे । एमडीले भने १ विकेट लिन सफल भए ।
टस जितेर पहिले ब्याटिङ गरेको पूर्णियाले १९.५ ओभरमा अलआउट हुँदै १२५ रनको योगफल बनायो । पूर्णियाका रिजक कुमारले सर्वाधिक १७ बलमा २४ रन बनाए भने शाकुलेनले २२ बलमा २० रनको योगदान दिए । तर अन्य ब्याट्सम्यानहरू राम्रो स्कोर बनाउन असफल भए ।सिराहाका बलर फतेह सिद्धिकीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित गरियो । त्यसैगरी, चन्दन यादवले पनि उत्कृष्ट बलिङ गर्दै ३.५ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।
सोमबारको खेल भारतको बिहार क्रिकेट क्लब र फारबिजगन्चको मुन क्रिकेट क्लबबीच हुनेछ ।क्याप्सन् पटनाका अविजित सतक कटाउने कुमार श्रेय खेलको प्यलेर अफ द म्याच घोषित भएपछि पुरस्कार ग्रहण गर्दै । उनले ३७ बलमा १०८ रन बनाएका थिए ।