तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटवल सुरु, ढोलाहिटीको बिजयी यात्रा शुरु

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, चैत्र २५, २०८१

२७७६  पटक हेरिएको

पोखरा ।तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटवलमा साविकको बिजेता ढोलाहिटी फ्रीडम भेट्रान्सले बिजयी यात्रा शुरुवात गरेको छ । सोमबार देखि पोखरा रंगशालामा सुरु भएको तेस्रो संस्करणको एबिसी राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगिताको दोश्रो खेलमा ढोलाहिटीले लेकसाईड भेट्रान्सलाई ४–० गोलले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो ।

प्रतियोगितामा ढोलाहिटीको तर्फबाट कृष्ण मालाकारले ४ गोल गरेका थिएभने प्रतियोगितामा प्लेयर अफ द म्याच समेत मालाकार नै घोषित भए ।प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोलको बरावरीमा खेल सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गर्यो । उक्त खेलमा प्लेयर अफ दी म्याचको उपाधि एक्स वरियरका राम लक्ष्मण भुजेलले हात पारे ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको पुरानो क्लब अमरसिंह व्वाइज क्लबले भेट्रान फुटवल प्रतियोगिताको आयोजना गरी प्रौढ उमेरमा समेत युवाहरुको जस्तै जोश जाँगर निकाल्नका लागि प्रत्यत्न गरेकोमा आयोजकलाइ धन्यवाद ब्यक्त गरे । महानगरले पोखरा भ्रमण वर्ष घोषणा गरेर अगाडी वढिरहदा पोखरामा दिनहुँजसो आयोजना हुने विविध कार्यक्रमले पोखरामा पर्यटन भित्रयाउन सफल भएको बताउदै एबिसी क्लबले समेत आयोजना गरेको खेलकुद प्रतियोगितामा नेपाल भरका १० टीमको सहभागीता भइरहदा आन्तरिक पर्यटनमा थप टेवा पुगेको बताए ।

१० टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको बिजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछनभने उपबिजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा मंगलबार ४ खेल हुनेछन । मंगलबार पहिलो खेल एक्स वरियर र हेटौडा भेट्रान्स, दोश्रो खेल चितवन भेट्रान्स र संगम भेट्रान्स, तेश्रो खेल ढोलाहिटी भेट्रान्स र एसएनकेसी भेट्रान्स र चौथो तथा अन्तिम खेल कालिका स्पोर्टिङ क्लव रुपन्देही ११ र बगर भाइखलकबीच हुनेछ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!