कक्षा १२ को परीक्षा नरोक्ने निर्णय

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

४७४  पटक हेरिएको

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । आज विहान (मंगलबार) बसेको बोर्डको बैठकले वैशाख ११ गतेदेखि हुने परीक्षा नरोक्ने निर्णय लिएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने निर्णय भएको बताए । परीक्षा हुन्छ कि हुँदैन भन्ने द्विविधा नराखी तयारीमा लाग्न उनले विद्यार्थीहरुलाई आग्रहसमेत गरे ।

शिक्षकहरुको काठमाडौं कन्द्रीत आन्दोलनको कारण कक्षा १२ को परीक्षा हुने वा नहुने भन्ने द्विविधा रहेको थियो । उक्त द्विविधालाई चिर्दै बोर्डले निर्णय सार्वजनिक गरेको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु काठमाडौं कन्द्रीत आन्दोलनमा छन् । उनीहरुले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरिसकेका छन् । कक्षा १२ को परीक्षामा साढे ५ लाख विद्यार्थी सहभागी हुँदैछन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!