१९७९ पटक हेरिएको
काठमाडौं, २२ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको उद्धार, राहत र पूननिर्माणको लागि सरकार गम्भीर रुपले लागिपरेको बताएका छन् । उनले उद्धारजस्तै सरकारले राहत वितरण प्रक्रियालाई पनि चुस्त दुरुस्त रुपमा सञ्चालन गरिरहेकोले पीडितलाई कुनैपनि कुराको अभाव नहुने ठोकुवा गरे ।
रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘भूकम्प पीडितहरुको लागि राहतको कुनै अभाव छैन् । सबैले पाउँछन् । मित्र राष्ट्र भारत र चीनबाट पनि ठूलो मात्रामा भूकम्प पीडितहरुको लागि अत्यावश्यक सामाग्री आएका छन् । अब उद्धारजस्तै राहत पनि प्रभावकारी हुन्छ । पीडितहरुको लागि अस्थायी बसोबासको राम्रो प्रवन्ध छ । छिट्टै सरकारले पूननिर्माणको अभियानलाई सुरु गर्छ ।’ file photo