३२४५ पटक हेरिएको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनु पर्नेमा जोड दिएका छन् । महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।
महिला विरुद्धको हिंसा न्यूनीकरणका लागि आर्थिक रूपले महिलाहरूलाई आत्मनिर्भर बनाउनु पर्ने पनि राष्ट्रपति रामचन्द्र पौडेले बताएका छन् । असमान शक्ति संरचनाको अन्त्य नगरेसम्म महिला विरुद्धको हिंसा कम गर्न कठिन हुने उनो भनाइ छ । महिला र पुरुषबीचको असमान शक्ति संरचना परिवर्तन गर्नेतर्फ सबैलाई आजको दिनले प्रेरित गरोस् भन्ने पनि उनले कामना गरेका छन् ।
नोभेम्बर २५ लाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने संयुक्त राष्ट्र सङ्घको महासभाको निर्णय गरेको थियो । सोही अनुरूप प्रत्येक वर्ष आजकै दिन महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।