१८८४८ पटक हेरिएको
बिराटनगर। पारस हस्पिटलका संचालक डाक्टर सफ़िउर रहमानलाई गिरिजाप्रसाद कोईराला बिशेष सम्मान प्रदान गरिएको छ।पत्रकार महासंघ मोरंगको सभाहल बिराटनगरमा आयोजित क्रान्तिपुरुष गिरिजाप्रसाद कॊइराला पुस्तक बिमोचन समारोहका बिच डाक्टर रहमानलाई बिराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला ,कोशी प्रदेशका पुर्व कानुन मन्त्रि तथा सांसद लिला वल्लभ अधिकारि तथा फ़ाउन्देसनका कोशी प्रदेश अध्यक्ष राजेश गुप्ताले सयुक्त रुपमा सम्मान प्रदान गरिएको गिरिजाप्रसाद कोईराला फाउन्डेसन कोशी प्रदेशका सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए।
पारस हस्पिटल बिराटनगर तथा गिरिजाप्रसाद कोईराला फाउन्डेसन कोशी प्रदेशको समन्वयमा अगरिब ,असाहाय तथा आर्थिक रुपले बिपन्न परिवारको निशुल्क उपचार गर्दै आएको छ। फ़ाउन्देशन र अस्पतालको सहकार्यमा निशुल्क स्वास्थ्य शिविरहरु समेत संचालन हुदै आएको छ। स्वास्थ्य क्षेत्रमा पारस हस्पिटल तथा संचालक सफ़िउर रहमानले पुर्याएको योगदानको उच्च मुल्यांकन गरेर उक्त सम्मान प्रदान गरेको फाउन्डेसन सदस्य अमरेन्द्रकुमार साहले बताए।
गिरिजाप्रसाद कोईराला बिशेष सम्मानले थप जिम्मेवारी काधमा थपिएको महसुस गरेको डाक्टर रहमानले बताए। आगामी दिनहरुमा अझ गरिब तथा असहायहरुको निशुल्क उपचार तथा स्वास्थ्य सेवामा पहुच पुर्याउने रहमानले बताए। रहमानले भने यो सम्मान्कोलागी फाउन्डेसन परिवार तथा नेपाल सरकारको पुर्व उपप्रधानमन्त्रि आदरणीय सुजाता कोईराला म्याम्लाई बिशेष धन्यवाद दिन चाहन्छु।