३७३७ पटक हेरिएको
रंगेली। नेपाल सरकारले बिग दुई बर्षदेखि भुमिहिन सुकुमवासी, दलित, गरिब लगायतको लागि निशुल्क स्वास्थ्य बिमा अभियान सन्चालन गर्दै आएको छ तर मोरंगको रंगेली नगरपालिकामा ठिक यसको बिपरित भएको छ। रंगेली नगरपालिका वडा न ६ मा सरकारी बजेटबाट हुनेखाने तथा सम्पन्न परिवारले मात्र यो सुबिधा लिएको पाईएको छ। उक्त वडाका गरिब ,दलितहरु यो सेवा लिनबाट बन्चित भएको स्थानीयले बताएका छन्।
रंगेली नगरपालिका वडा न -६ ले गत आर्थिक बर्षमा एक सय ५६ जनाको स्वास्थ्य बिमा गराईदिएका थिए भने यो आर्थिक बर्षमा हालसम्म ५० जनाको स्वास्थ्य बिमा गरिएको वडा सचिव रञन कुमार दासले बताए । हालसम्म स्वास्थ्य बिमा गरिएको ५१ जनाको बिवरण अध्ययन गर्दा अधिकांश हुनेखाने परिवारको पाईएको छ। यो सुबिधा सरकारले कसको लागि दिएको हो भनेर स्थानीयहरू आक्रोशित बनेका छन्। के यो सुबिधा आफ्नो नेता तथा कार्यकर्ताकोलागी दिएको हो वा गरिब असहायाहरुकोलागी दिएको हो यो स्पस्ट पार्न स्थानिय सरकारसंग स्थानिय बासीले अपिल समेत गरेका छन्।
वडा कार्यलयले हुने खाने र जग्गा जमिन भएका परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराएकाे र दलित र आर्थिक अवस्था कमजोर भएको व्यक्ति लाई बिमा नगराएकाे स्थानीय सुगरु पासवानले बताए । साे गाउँमा २६ घर परिवार रहेकाे भएता पनि वडाले उक्त गाउँमा ५ देखि ७ घर परिवारहरुलाई मात्रै दिएकाे तारा देवि काहरले बताईन ।
स्थानीय युवा चन्दन पासवाका अनुसार वडाले १ कठ्ठा देखि १ बिघा खेती पाती हुने र पावरकाे भरमा बिमा गराएकाे आराेप समेत लागाएका छन् । बडा अध्यक्ष सुजित मंण्डलले भने आफुहरुले सुकुम्बासीहरुलाई मात्रै स्वास्थ्य विमा गराएकाे समेत जानकारी गराएका छन्।