११४७६ पटक हेरिएको
विराटनगर । अस्पताल स्थापनाको १ बर्षमै आम नागरिकको भरोसा बनेको छ, विराटनगर महानगरपालिका वडा न ११ मा रहेको पारस हस्पिटल। नेपाल सरकारबाट ५० बेडको अनुमति पाएको अस्पतालले अन्य अस्पतालभन्दा कम शुल्कमा गुणस्तरीय सेवा दिदै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए।
पारस अस्पतालले समाजमा रहेका अति बिपन्न ,गरिब तथा असाहायहरुको पहिचान गरि सम्पूर्ण औषधि उपचार नि :शुल्क गर्दै आएको छ, अस्पतालले समाजमा स्वास्थ्य सेवा दिनकोलागि नेपाल सरकारको पुर्व उपप्रधानमन्त्री सुजाता कोईराला अध्यक्ष रहेकी गिरिजाप्रसाद काेइराला फाउन्डेसन ,गिरि फाउन्डेसन, लक्ष्मीनिया युवा क्लब लगायतका दर्जनौ सामाजिक संघ संस्था संग सहकार्य गर्दै अहिले कोशी प्रदेशको विभिन्न जिल्लाहरुमा नि :शुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । साथै शिविरबाट अति बिपान्न तथा गरिब असहायको पहिचान गरेर नि शुल्क उपचार समेत गर्दै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत मेहताले बताए।
पारस हस्पिताले हाल मात्रै अस्पतालको निजि लगानीमा आमा बचाउ ,छोरी बचाउ अभियाननै संचालन गरेको छ, जस अनुरुप अस्पतालमा नर्मल डेलिभरी भए कुनै प्रकारको शुल्क नलाग्ने सम्पूर्ण खर्च अस्पतालले नि :शुल्क गर्ने बताएको छ। अप्रेसन गरेर छोरी जन्मिए सम्पूर्ण खर्च नि शुल्क हुने छ भने छोरा जन्मिएको खण्डमा बेड चार्जमा १० प्रतिशत छुट दिने अस्पताल प्रशासनले जनाएको छ। आमा र बच्चालाई अन्य औषधि उपचारमा समेत एक बर्ष सम्म सुबिधा दिईने बताईएको छ। तथा आमालाई अस्पतालको निजि लगानीमा एक हजार रुपैया प्रोहोत्सान भत्ता दिने समेत अस्पतालले बताए ।
पारस अस्पतालमा हाल फिजिसियन सेवा,जनरल सर्जरि तथा ल्याप्रोस्कोपी सेवा, बाल रोग सर्जरी , नवजात शिशुको अप्रेसन सेवा,प्रसुति रोग विशेषज्ञ सेवा,हार्ड,जोर्नि (अर्थोपेडिक सेवा),नाक ,कान घाटि (ई एन टि सेवा), डेन्टल सेवा,फिजियोथेरापि सेवा,आईसियु,एन आईसियु,पिआईसियु, जलेको,पोलेको,डरेको(बर्ण सेवा) लगायतको सेवा अस्पतालमा उपलब्ध रहेको छ । २४ सै घण्टा बरिष्ठ सर्जन गोल्ड मेडलिस्ट डाक्टर सफिंउर रहमान तथा प्रसुति रोग विशेषज्ञ डाक्टर कबिता यादवको सेवा २४ सै घण्टा रहने अस्पतालले जनाएको छ । छिट्टै अस्पतालले सिटि स्क्यान सेवा संचालनमा ल्याउने मेहताले वताए ।